Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आउँदो मार्चमा विवाह गर्दै फरहान–शिबानी

आउँदो मार्चमा विवाह गर्दै फरहान–शिबानी


  • 5.2K
    Shares

    आउँदो मार्चमा विवाह गर्दै फरहान–शिबानी
    images

    मुम्बई(बलिउड लाइफ)।  बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकर लामो समयदेखि डेटमा छन् । अभिनेत्री श्रद्धा कपूरसँगको प्रेमसम्बन्ध टुटेपछि फरहानको जीवनमा शिबानीको प्रवेश भयो र अहिलेसम्म उनीहरुले प्रेम सम्बन्धलाई कायम राखेका छन् । उनीहरु यसै वर्षको मार्चमा विवाह गर्दैछन् ।

    समाचारअनुसार उनीहरु मुम्बईमा विवाह गर्दैछन् । कोरोना संक्रमणको दर बढ्दै गएका कारण अत्यन्त नजिकका आफन्त तथा परिवारको उपस्थितिमा उनीहरुले विवाह गर्नेछन् । बलिउडकर्मीमा दिनानुदिन कोरोना संक्रमण देखिने क्रम बढेपछि उनीहरुले विवाहमा फिल्मकर्मीलाई नबोलाउने भएका छन् ।

    ‘फरहान र शिबानीले विवाहका लागि एक पाँच तारे होटल बुक गराइसकेका छन् । उनीहरुले विवाहमा सब्यसाचीको विशेष पहिरन लगाउनेछन्’, फरहान निकट स्रोतले भनेको छ ।

     
     

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १४:१४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij