Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘कठपुतली’आज देशभर एकसाथ प्रदर्शन

‘कठपुतली’आज देशभर एकसाथ प्रदर्शन


  • 5.4K
    Shares

    ‘कठपुतली’आज देशभर एकसाथ प्रदर्शन
    images

    काठमाडौं।  हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को आक्रामक व्यापारको बावजुद पनि मल्टिप्लेक्स हलहरुले राम्रो शोहरु दिएका छन् ।

    नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि देशभरका स्टेशनमा १४ शोज दिएको छ । बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ ।

    मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको फिल्ममा भीमसेन लामाको निर्देशन छ । पृथ्वी राना मगरले निर्माण गरेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

    प्रकाशित मिति :पौष १६ २०७८ शुक्रवार - १६:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij