Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने


  • 7.6K
    Shares

    वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

    काठमाडौँ । काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो । 

    मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनायो । चौहत्तर रनको विजयलक्ष्य काठमाडौँले २० दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका लागि इशान पाण्डेले अविजित रहँदै ३२ तथा जितेन्द्रसिंह ठकुरीले १४ रन बनाउनुभयो । 

    यसअघि ब्याटिङ गर्ने क्रममा मकवानपुरका लागि गौरव खड्काले १५ तथा युविन बुढाथोकीले १० रन बनाउनुभयो । बलिङतर्फ काठमाडौँका लागि आरियो पौडेलले पाँच तथा सञ्जम रेग्मीले दुई विकेट लिनुभयो । पौडेलले सात दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखी १७ रन खर्चेर पाँच विकेट लिनुभएको हो । 

    यस्तै सोमबार नै सम्पन्न अर्को खेलमा भक्तपुरले नुवाकोटलाई आठ विकेटले हरायो । टस जितेर ब्याटिङ गर्दै नुवाकोटले ३८ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन बनायो । नुवाकोटका लागि कप्तान राजेश रिमालले ३६, प्रदीप परियारले १६, आयुश बस्नेतले २१, अभिराज यादवले १४ बनाउनुभयो । बलिङतर्फ भक्तपुरका लागि कृष कार्की, सुवास खत्री र सुसान श्रेष्ठले दुई/दुई विकेट लिनुभयो । 

    एक सय ३६ रनको विजयी लक्ष्य भक्तपुरले ३२ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । भक्तपुरका लागि नवीन यादव र अदित सुवेदीले ६०/६० रन बनाउनुभयो । बलिङतर्फ नुवाकोटका लागि सकर रावत र अभिराज यादवले एक/एक विकेट लिनुभयो । रासस

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - ११:४१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij