Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

राजेश हमालको मुख्य भूमिका रहेको चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकियो

राजेश हमालको मुख्य भूमिका रहेको चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकियो


  • 5.5K
    Shares

    राजेश हमालको मुख्य भूमिका रहेको चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकियो
    images

    काठमाडौँ । यादव भट्टराईको निर्देशन रहेको गीति चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकिएको छ । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्मको छायाङ्कन बुधबार सकिएको निर्देशक यादव भट्टराइले बताए ।

    माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको यो चलचित्रको छायाङ्कन काभ्रेको कुशादेवीमा भएको हो । चलचित्रले महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाएको छ । राजेशको अलवा सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरीको मुख्य अभिनय चलचित्रमा छ । राजेश चलचित्रमा विद्रोहीको भूमिकामा देखिँदैछन् । चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् ।

    महिलामाथि हेर्ने पितृसत्तात्मक दृष्टिकोण आजको विकासको युगमा आएर पनि नबदलिएर महिलामाथि हुने नमिठो अत्याचारविरुद्ध गीत निर्माण भएको निर्देशक भट्टराईले बताए । चलचित्रले समाजमा सकारात्मक सन्देश दिने यादवको भनाई रहेको छ ।

     

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १६:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij