Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

१५ वर्षका छोरा भएकी मलाइकासँग बिहे गर्दै अविवाहित अभिनेता अर्जुन कपुर

१५ वर्षका छोरा भएकी मलाइकासँग बिहे गर्दै अविवाहित अभिनेता अर्जुन कपुर


  • 5.4K
    Shares

    १५ वर्षका छोरा भएकी मलाइकासँग बिहे गर्दै अविवाहित अभिनेता अर्जुन कपुर
    images

    बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर आपसमा विवाह गर्ने तयारीमा छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अर्का अभिनेता सलमान खानका भाइ अरबाज खानसँग अलग्गिएपछि मलाइका अर्जुनसँग नजिकिएकी हुन्।

    ४० वर्ष नाघिसकेकी मलाइकाभन्दा अर्जुन १२ वर्षले कान्छा हुन्। मलाइकाले गत वर्ष अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। उनका १५ वर्षीय छोरासमेत छन्। अर्जुन भने अविवाहित हुन्।

    गहिरो प्रेममा परेका उनीहरूले माल्दिभ्समा छुट्टी मनाएका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। 

    सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालै एक अन्तर्वार्तामा उनीहरू बिहेको तयारीमा रहेको बताएका हुन्। अभिनेता अर्जुन र अभिनेत्री मलाइका सन् २०२२ मा विवाह गर्ने तयारीमा रहेको उनको भनाइ छ। 

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ०७:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij