Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ले कमायो १०० करोडभन्दा धेरै

अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ले कमायो १०० करोडभन्दा धेरै


  • 4.3K
    Shares

    अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ले कमायो १०० करोडभन्दा धेरै
    images

    काठमाडौं। दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज अफ अनस्टपएवल’ले प्रदर्शन भएको दुई दिनमा १०० करोड भारतीय रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ।

    भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार फिल्म प्रदर्शन भएसँगै दुई दिनमा विश्वव्यापी रुपमा पुष्पाले ११६ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।

    शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा सामान्य व्यापार गरेको थियो। सुस्त रुपमा बक्स अफिसमा सुरुआत गरेको फिल्मले शनिबारको प्रदर्शनबाट भने राम्रो आम्दानी गरेको छ। शुक्रबारबाटै प्रदर्शनमा आएको ‘स्पाइडर-मेनः नो वे होम’सँग फिल्म हलमा जुधेको फिल्मले पहिलो दिनमा गरेको व्यापारको तुलनामा दोस्रो दिन भने उल्लेख्य व्यापार गरेको छ।

    सुकुमारको लेखक तथा निर्देशन गरेको फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दन्ना र फाहद फासिलको अभिनय रहेको छ। तेलगु सिनेमामा फासिलको यो डेब्यू फिल्म हो। मलयालमसँगै तमिल, कन्नडा र हिन्दी भाषामा प्रदर्शनमा आएको फिल्मले समीक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको छ।

     

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १६:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij