Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

२ सय दिन लगाएर छायांकन भएको फिल्म 'लाल सिंह चड्ढा'को पर्खाइमा अमिर

२ सय दिन लगाएर छायांकन भएको फिल्म 'लाल सिंह चड्ढा'को पर्खाइमा अमिर


  • 5.2K
    Shares

    २ सय दिन लगाएर छायांकन भएको फिल्म 'लाल सिंह चड्ढा'को पर्खाइमा अमिर
    images

    बलिउडमा 'मिस्टर पर्फेक्सनिस्ट'का उपनामले चिनिने अमिर खानले भर्खरै 'लाल सिंह चड्ढा'को सम्पूर्ण काम सकेका छन्। भारतका सयभन्दा बढी ठाउँमा २ सय दिन लगाएर छायांकन भएको फिल्म आमिरका लागि निकै महत्त्वपूर्ण छ। 

    आफ्नो पछिल्लो फिल्म 'ठग्स अफ हिन्दुस्तान'(२०१८) पछि उनले लामो समय कुनै पनि फिल्म साइन गरेनन्। लगातार 'धुम ३', 'पिके', 'दंगल' जस्ता कीर्तिमानी फिल्मपछि आएको 'ठग्स अफ हिन्दुस्तान'को असफलता उनका लागि अनपेक्षित थियो। 

    आफ्नो करिअरको सबैभन्दा लामो विश्राम लिएपछि उनले 'लाल सिंह चड्ढा' मार्फत पुनरागमन गर्ने निर्णय गरे। फिल्ममा आमिर मुख्य भूमिकामा मात्रै छैनन्, उनी फिल्मको निर्मातासमेत हुन्।

    आमिरले कुनै पनि फिल्मको चरित्र निर्वाह गर्दा पूर्ण समर्पित भएर गर्ने गर्छन्। कुनै फिल्ममा काम गर्दा उनी सबैभन्दा पहिले मोबाइल फोन बन्द गर्ने गर्छन्। त्यसपछि बिस्तारै बाँकी कुराहरूबाट पनि टाढा हुँदै फिल्ममा मात्र केन्द्रित हुन्छन्। 

    कोरोनाका कारण 'लाल सिंह चड्ढा'को छायांकन प्रभावित भयो। २०१९ अक्टोबरमा सुरु भएको छायांकन पूरा हुन झण्डै दुई वर्ष नै लाग्यो। फिल्मको गुणस्तरमा कुनै सम्झौता गर्न नचाहेको र यसले गर्दा दुई वर्षसम्म आफ्नो व्यक्तिगत जीवन सामान्य ढंगले जीउन नपाएको आमिरले बताएका छन्। 

    'लाल सिंह चड्ढा' ओस्कार विजेता हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक हो। विंस्टन ग्रुमको उपन्यासमा आधारित उक्त फिल्म विश्व सिनेमा इतिहासकै उत्कृष्ट फिल्ममध्येमा पर्छ। त्यसकारण पनि 'लाल सिंह चड्ढा'लाई बहुप्रतिक्षित फिल्मका रुपमा हेरिएको छ। 

    सन् १९९४ मा प्रदर्शनमा आएको 'फरेस्ट गम्प'ले उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशकलगायत ६ विधामा ओस्कार जितेको थियो। 'लाल सिंह चड्ढा'को पर्खाइ आफ्ना प्रसंशकलाई जस्तै आमिर आफैंलाई पनि छ। यो कमब्याक आफ्नो लागि स्मरणीय रहोस् भन्ने आशामा आमिर रहेका छन्। अद्वैत चन्दनको निर्देशनमा निर्मित 'लाल सिंह चड्ढा'मा अमिर बाहेक करिना कपूर र नागा चैतन्यको मुख्य भूमिका रहेको छ।

    फिल्म आउने अप्रिल २२ देखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १६:३७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij