Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्म ‘टाइटानिक’को अन्तरंग दृश्य यसरी खिचिएको थियो

हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्म ‘टाइटानिक’को अन्तरंग दृश्य यसरी खिचिएको थियो


  • 5.4K
    Shares

    हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्म ‘टाइटानिक’को अन्तरंग दृश्य यसरी खिचिएको थियो

    लसएञ्जल्स(अमर उजाला) । हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्ममा पर्ने ‘टाइटानिक’ रिलिजको २४ वर्ष पुगेको छ । यो फिल्म सन् १९९७ को डिसेम्बर १७ मा रिलिज भएको थियो । यो फिल्मले अभिनेता लियोनार्दो डिकाप्रियो र अभिनेत्री केट विन्सलेटलाई रातारात स्टार बनाएको थियो ।

    कैयौं भाषामा डब गरिएको यो फिल्मले ‘ओस्कार अवार्ड’ जितेको थियो । यो फिल्ममा लियोनार्दो र केटको अन्तरंग यौन दृश्य सर्वाधिक चर्चित बनेको थियो । यो दृश्य कसरी खिचिएको थियो भन्ने बारेमा अभिनेत्री केटले मुख खोलेकी छन् ।

    केटका अनुसार यो दृश्य छायांकन भइरहँदा उनी निकै निरास थिइन् । जबकी लियोनार्दो भने यो दृश्य खिचेपछि सामान्य अवस्थामा थिए ।‘यो दृश्य खिचिरहँदा हामी आफ्नो चरित्रमै थियौं । जसमा रोज ज्याकलाई प्रेम गर्न चाहन्थे । जसै क्यामरा रोल हुन बन्द भयो, हामी उठ्यौं र आ–आफ्नो बाटो लाग्यौं । यो दृश्य सकिएको थियो । म सुतिरहेको बेला के यो काम गर्नु लाजको कुरा हो ? भनेर सोचेकी थिएँ । तर यो काम राम्रो भयो’, केटले एक अन्तरवार्तामा भनेकी छन् ।

    यो फिल्ममा काम गर्नुअघि नै लियोनार्दो र केट मिल्ने साथी थिए । उनीहरु २० वर्ष भन्दा बढी समयदेखि एकअर्कालाई चिन्दछन् । यो दृश्य हेर्नकै लागि मानिसहरुले ‘टाइटानिक’लाई धेरैपटक हेरेका थिए । फिल्मको दृश्यमा ज्याक र रोज टाइटानिक जहाजको तल्लो तलमा एक कारभित्र सेक्स गर्छन् ।

    केटका अनुसार यो दृश्य खिच्नुअघि उनले लियोसँग यौन जीवनको बारेमा खुलेर कुराकानी गरेकी थिइन् । केटलाई लियोले सेक्सुअल टिप्स दिएका थिए । त्यही टिप्स अनुसार केटले दृश्य दिएकी थिइन् ।

     

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १७:१६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij