२०८२ माघ १० गते शनिवार
काठमाडौं। आयुष्मान खुराना र वाणी कपुरको अभिनय रहेको फिल्म ‘चन्डीगढ करे आशिकी’ शुक्रबार प्रदर्शनमा आएको थियो। प्रदर्शनको पहिलो दिनबाटै आशावादी व्यापार गरेको फिल्मले दोस्रो दिनसम्म ८ करोड ६२ लाख भारु कमाएको छ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म भारतको मुम्बई, पुणे, बेंगुलुरु, दिल्ली, चन्डीगढसँगै अन्य देशमा पनि प्रदर्शन भएको थियो। पहिलो दिन फिल्मले ३ कराड ७० लाख भारुको व्यापार गरेको थियो। दोस्रो दिन शनिबार फिल्मले ४ करोड ८७ लाख रुपैयाँको व्यापार गरेको छ। योसँगै फिल्मले प्रदर्शनमा आएको दुई दिनमा नै ८ करोड ६२ लाख रुपैयाँको व्यापार गरेको छ।
फिल्ममा आयुष्मान बडी बिल्डरको भूमिकामा देखिएका छन्। पहिलो पटक पर्दामा यस्तो भूमिकामा देखिएका आयुष्मानलाई वाणीले ‘ट्रान्स वुमन’को भूमिका निभाएकी छिन्। फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij