२०८२ भाद्र २ गते सोमवार
सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । ३ खेलमा अपराजित रहेको मनाङ ७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । ३ खेलमा दुई अङ्क जोडेको फ्रेन्ड्स भने लिगको १० औँ स्थानमा छ ।
यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे त्रिभुवन आ’र्मी क्लब र च्यासल युथ क्लब खेल्ने छन् । ३ खेलमा ५ अङ्क जोडेको आर्मी लिगको छैटौँ स्थानमा छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर ९ औँ स्थानमा छ ।
साथमा- बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भयो ।अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो ।
बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एकरएक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो ।
बायर्नका लागि खेलको ४३ औँ मिनेटमा सानेले गोल थपे । त्यस्तै खेलको ६२ औँ मिनेटमा मुसिएलाले गोल गरे । यसअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । बार्सिलोना २१ वर्षपछि समूह चरणबाट बाहिरिएको हो । बायर्नले ६ खेलबाट १८ अङ्क जोडेको छ । पराजित बार्सिलोना ७ अङ्कका साथ तेस्रो स्थानमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij