Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

क्याटरीना कैफ र विक्की कौशलले गरे बिहे

क्याटरीना कैफ र विक्की कौशलले गरे बिहे


  • 7.1K
    Shares

    क्याटरीना  कैफ र विक्की कौशलले गरे बिहे
    images

    काठमाडौँ । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफले बिहे गरेका छन् ।

    यो जोडीले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा बिहीबार बिहे गरेका हुन् । भारतीय मिडियामा प्रसारित समाचार अनुसार यी दुईले बिहीवार स्थानीय समयअनुसार साँझ ५ बजे बिहे गरेका हुन् । 

    यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विक्की र क्याटरीनालाई सामाजिक सञ्जालमार्फत फ्यानहरुले बधाई दिएका छन् ।

    बलिउडमा केही समयदेखि विक्की र क्याटरीनाको बिहेको खबरले शीर्ष स्थान पाएको थियो । यी दुईको बिहेका बारे विभिन्न खबर बाहिरिएका थिए । बिहेमा क्याटरीनाले रातो लेहेंगा लगाएकी थिइन् भने विक्कीले सेतो शेरवानी लगाएका थिए ।

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - १०:५६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij