Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

हिपहप स्टार एम एफ डुमको निधन

हिपहप स्टार एम एफ डुमको निधन


  • 8.0K
    Shares

    हिपहप स्टार एम एफ डुमको निधन
    images

    हिपहप म्युजिकका स्टार एम एफ डुमको ४९ वर्षको उमेरमा बिहीबार निधन भएको उनको परिवारले जनाएका छन् ।उनकी पत्नी जेसमिनले स्थानीय समयअनुसार बिहीबारै डुमको एकाउन्टबाट उनको मृत्युको पुष्टि गरेकी हुन् ।

    जेसमिनले आफ्ना पतिका बारेमा लेखेकी छिन्, “(उनी) मैले खोजेकोभन्दा राम्रा पति, बुबा, शिक्षक, विद्यार्थी, व्यवसायिक साझेदार, प्रेमी र साथी हुन् ।”

    लन्डनमा जन्मेका ड्यानियल ड्युमिललाई उनको शाब्दिक सटिकता, र्‍याप र सांगितिक प्रस्तुतिमा सधैँ मास्क लगाउने रूपमा चिनिन्छ ।

    डुम बाल्यकालमै न्युयोर्कमा बसाइँ सरेका थिए । उनले सन् १९९९ मा "अपरेसन: डुम्सडे"बाट व्यावसायिक सांगीतिक यात्रा सुरु गरेका थिए ।

     

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १६:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij