Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

“नेपाल आइडल सिजन ४” को मुख्य प्रायोजक– कोका–कोला

“नेपाल आइडल सिजन ४” को मुख्य प्रायोजक– कोका–कोला


  • 5.3K
    Shares

    “नेपाल आइडल सिजन ४” को मुख्य प्रायोजक– कोका–कोला
    images

    काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो। कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर श्री राजीव टन्डन ज्युले भन्नुभयो, “कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइजनेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो ।

    हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको छ । हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

    नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर श्री सुरेशपौडेल ज्युले भन्नुभयो, “नेपाल आइडलको सिजन ४ मा पनिकोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ ।

    नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ। गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधिजित्नुभएको थियो र आफ्नो सांगीतिक यात्रालाई वहाँँले कडा परिश्रमको साथ अगाडि बढाइरहनु भएको छ । यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ ।”

    नेपाल आइडलदेशव्यापी रुपमा मंसिर २२ बाट ब्एज्ञ टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइजहो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १६:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij