Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

'रबर सिटी' बनाउँदै निर्देशक विनोद पौडेल

'रबर सिटी' बनाउँदै निर्देशक विनोद पौडेल


  • 5.3K
    Shares

    'रबर सिटी' बनाउँदै   निर्देशक  विनोद पौडेल
    images

    काठमाडौँ । निर्देशक विनोद पौडेलले चलचित्र ‘रबर सिटी’ बनाउने भएका छन् । उनले चलचित्रको फर्स्ट लुक जारी गर्दै चलचित्रको विषयमा जानकारी दिएका हुन् ।

    अमेरिकामा छायांकन हुने चलचित्रमा कलाकारहरू विक्रमकुमार शर्मा, सुशांक मैनाली र राधा लम्साल फाइनल भएका छन् ।

    चलचित्रमा अविरल थापाको निर्माण रहने छ भने अङ्कित पौडेलले छायांकन गर्नेछन् । चलचित्रमा अविरलबाहेक किर्तना बास्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रूपमा रहनेछन् । चलचित्र अवेकन प्रोडक्सन र बास्कोटा प्रोडक्सनले संयुक्त रूपमा निर्माण गर्नेछन् । चलचित्रको पटकथा विनोदले लेखेका हुन् । यो चलचित्रले भुटानी शरणार्थीको कथा बोल्ने बताइएको छ ।

    यस अघि पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बुलबुल’ लाई समीक्षक र दर्शकले मन पराएका थिए ।

     
     

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १६:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij