Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

धुर्मुस-सुन्तलीको ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

धुर्मुस-सुन्तलीको ‘मायाले जीवन सजाऊ’ सार्वजनिक


  • 5.5K
    Shares

    धुर्मुस-सुन्तलीको ‘मायाले जीवन सजाऊ’ सार्वजनिक
    images

    हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १४ औैं विवाह वर्षगाँठको अवसर पारेर ‘मायाले जीवन सजाऊ’ गीत सार्वजनिक गरिएको छ ।

    यो गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरुले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक अर्कामाथिको विश्वासको कथा भनिएको छ ।

    गीतमा कुमार कट्टेल र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा बन्देप्रसादको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

    गीतमा मायाले जीवन सजाउन धुर्मुस र सुन्तलीले एकअर्कालाई आग्रह गरेका छन् । नेपाली कलाकारिता क्षेत्रमा लागेपछि धुर्मुस र सुन्तली एकअर्काको प्रेममा परेका थिए । प्रेममा परेको केही वर्षपछि उनीहरुले विवाह गरेका थिए ।

    पछिल्लो समय यो जोडी कलाकारि ताभन्दा पनि सामाजिक सेवामा सक्रिय छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १२:३४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij