Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

दिमाग तेजिलो बनाउन खानुहोस् यी ६ खानेकुरा

दिमाग तेजिलो बनाउन खानुहोस् यी ६ खानेकुरा


  • 12.2K
    Shares

    दिमाग तेजिलो बनाउन खानुहोस् यी ६ खानेकुरा
    images

    के तपाईंलाई विर्सने समस्याले सताएको छ ।  छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ ।

    मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ । 

    गोलभेँडा - गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

    ओखर - जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

    स्ट्रबरी - यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

    दही - दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

    जाइफल - जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

    तुलसी - मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २र३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १०:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij