Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

फिल्महलमै फ्यानले पटाका पड्काएपछि सलमानको आपत्ति, फ्यानहरुको भिडियो सेयर गर्दै सलमानले दिए यस्तो प्रतिक्रिया

फिल्महलमै फ्यानले पटाका पड्काएपछि सलमानको आपत्ति, फ्यानहरुको भिडियो सेयर गर्दै सलमानले दिए यस्तो प्रतिक्रिया


  • 4.7K
    Shares

    फिल्महलमै  फ्यानले पटाका पड्काएपछि सलमानको आपत्ति,  फ्यानहरुको भिडियो सेयर गर्दै सलमानले दिए यस्तो प्रतिक्रिया
    images

    काठमाडौं । सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ले भारतका सिनेमा हलमा धुम मच्चाइ रहेको छ ।

    भाइजानलाई पर्दामा हेर्नको लागि ठूलो संख्यामा फ्यानहरू सिनेमा घर पुगेका छन् र विभिन्न तरिकाले आफ्नो उत्साह व्यक्त गरिरहेका छन् ।

    यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा सलमानको फिल्म हेरेर फ्यानले थिएटरभित्र पटाका पडकाएर खुशी व्यक्त गरेका छन् ।

    यसलाई खुसी मनाउने तरिका भन्न सकिन्छ तर सलमान खानले सामाजिक सञ्जालमार्फत यसो गर्ने फ्यानलाई समझाउन खोजेका छन् । आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट भाइरल भिडियो सेयर गर्दै उनले स्पष्ट लेखेका छन् कि थिएटर भित्र पटाका फाड्ने जस्ता काम नगर्नुहोस्, किनकि यसको परिणाम धेरै खतरनाक हुन सक्छ।

    उनले लेखेका छन्, ‘सम्पूर्ण फ्यानलाई मेरो अनुरोध छ कि हलभित्र पटाका नउठाउनुहोला, यो अत्यन्तै खतरनाक सावित हुन सक्छ, जसले तपाईको र अरुको ज्यान जोखिममा पार्न सक्छ । दर्शकलाई पटाका बोक्न नदिन सिनेमा हल सञ्चालकहरुलाई पनि अनुरोध गर्दछु । प्रवेशद्वारमा नै सुरक्षा जाँच गरेर तिनीहरूलाई त्यसो गर्नबाट रोक्नुहोस्।’

    अन्त्यमा सलमानले लेखेका छन्- ‘जसरी भए पनि फिल्मको मजा लिनुहोस्, रमाइलो गर्नुहोस् तर कृपया त्यस्ता कार्यहरू नगर्नुहोस्। सबै फ्यानहरुलाई मेरो यो अनुरोध छ। धन्यवाद।’

    सलमान खानको फिल्म ‘एन्टिम’ उनको आफ्नै प्रोडक्सन कम्पनीले निर्माण गरेको हो, जसलाई उनका ज्वाइँ आयुष शर्माले निर्देशन गरेका हुन् । फिल्मको कथालाई दर्शकले रुचाएका छन् तर कमजोर मार्केटिङ र कमजोर पीआरका कारण यसको ओपनिङ अपेक्षाभन्दा कम भएको छ ।

    फिल्मले रिलिजको पहिलो दिन करिब ५ करोड ५० लाख कलेक्सन गरेको छ । योसँगै यो सलमान खानको करियरको पछिल्लो १० वर्षमा सबैभन्दा कम ओपनिङ गर्ने पहिलो फिल्म बनेको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १४:११:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij