Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

८४ लाखमा अभिनेता राजेश हमालले किने जीप कम्पास

८४ लाखमा अभिनेता राजेश हमालले किने जीप कम्पास


  • 4.2K
    Shares

    ८४ लाखमा अभिनेता राजेश हमालले किने जीप कम्पास
    images

    काठमाडौं । अभिनेता राजेश हमालले नयाँ गाडी फेरेका छन् ।  समाचार बाहिर आएको छ । विगत १३ वर्षदेखि कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी चढ्दै आएका हमालले अहिले भने नयाँ गाडीको रुपमा जीप कम्पास फेरेका छन् ।

    श्रीमती मधु भट्टराईसहित बिहीबार नक्सालस्थित जीप शो रुममा पुगेर हमालले जीप कम्पासको गाडी लिएका हुन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताएका हमालले जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएर गाडी किनेको बताए ।

    बिहीबार नै हमाल नयाँ गाडी लिएर श्रीमती मधुका साथ होटल सोल्टीमा आयोजित १३ औं इजरायली चलचित्र महोत्सवमा समेत पुगेका थिए । महोत्सव उद्घाटनपछि हमालले गाडीमै बसेर महोत्सवको पहिलो फिल्म हेरेका थिए ।

     

    बलिउड र हलिउडका कलाकारले गाडी फेरेको समाचार दैनिक सुन्न र देख्न मिल्छ । नेपाली फिल्म क्षेत्रका महानायकले गाडी फेरेको समाचार पहिला चोटी बाँहिर आएको हो । हमालले नयाँ गाडी जीप कम्पास ८४ लाखमा खरिद गरेको बताइन्छ । 

    हमाल पछिल्लो समय फिल्म ‘सत्यम्’ अभिनय तयारीमा छन् । करिब ४ बर्षपछि उनी नयाँ फिल्ममा देखिन लागेका हुन् । 

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १६:४८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij