Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

तेस्रो विवाहको तयारीमा आमिर खान !

तेस्रो विवाहको तयारीमा आमिर खान !


  • 4.3K
    Shares

    तेस्रो विवाहको तयारीमा आमिर खान !
    images

    मुम्बई(बलिउड लाइफ)। गत अगष्टमा बलिउड अभिनेता आमिर खान र उनकी निर्मात्री तथा लेखिका पत्नी किरण रावले अलग्गिने निर्णय लिँदा बलिउडसँगै आमिरका फ्यानहरुलाई झड्का लागेको थियो । सन् २००५ मा विवाह गरेको यो जोडीले १६ वर्षपछि अलग्गिने निर्णय लिँदा जोकोहीले दुःख मानेका थिए ।

    किरण आमिरकी दोस्रो पत्नी हुन् । उनीहरुको छोरा आजाद छन् । आमिरको पहिलो श्रीमति रिना दत्ताका छोरा जुनैद र छोरी इरासँग किरणको उत्तिकै राम्रो सम्बन्ध छ ।

    यतिबेला आमिरका फ्यानहरु उनको फिल्म ‘लालसिंह चड्डा’को तिब्र प्रतिक्षामा छन् । यो फिल्मको प्रतिक्षा भइरहँदा यतिबेला सामाजिक सञ्जालमा आमिरले तेस्रो विवाह गर्न लागेको चर्चा पनि उत्तिकै छ ।

    सामाजिक सञ्जालमा आमिरले ‘लाल सिंह चड्डा’को रिलिज पछि विवाहको घोषणा गर्ने चर्चा छ । अहिले नै विवाहको घोषणा गर्दा फिल्मको बक्सअफिसमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै आमिर चुप रहेको चर्चा उत्तिकै छ ।

    आमिरले आफ्नै अघिल्लो फिल्मकी अभिनेत्रीसँग विवाह गर्न लागेको चर्चाले सामाजिक सञ्जाल गर्माएको छ । आमिर र किरणले सम्बन्धविच्छेद गरेको खबर सार्वजनिक हुनासाथ आमिरको नाम ‘दंगल’ अभिनेत्री फातिमा साना शेखसँग जोडिएको थियो । उनका फ्यानहरुले फातिमाकै कारण आमिरले किरणबाट अलग्गिने निर्णय लिएकोसम्म अनुमान गरेका थिए ।

    वास्तविकतालाई हेर्ने हो भने आमिर र फातिमा निकै नजिक छन् । फातिमा आमिरलाई आफ्नो ‘मेन्टर’ मान्छिन् । उनीहरुले फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’मा सहकार्य गरेका छन् । आमिरले अहिलेसम्म आफूबारे सामाजिक सञ्जालमा भएको चर्चाबारे मुख खोलेका छैनन् ।

     

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - ११:१०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij