२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकप क्रिकेटको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो ।
विश्वकप विजेता अष्ट्रेलियाको धेरै खेलाडी समावेश गरेर आईसीसीले टीम सार्वजनिक गरेको हो। उत्कृष्ट टिमको कप्तानमा पाकिस्तानका बाबर आजम रहेका छन् ।
अष्ट्रेलियाबाट सर्वाधिक तीन खेलाडी अटाएका छन् । श्रीलंका, दक्षिण अफ्रिका र इंग्ल्यान्डबाट दुई दुई खेलाडी अटाएका छन् । पाकिस्तान र न्युजिल्यान्डबाट एक एक खेलाडी अटाएका छन् । भारतीय खेलाडी कोही पनि परेनन्।
आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई हराएर अष्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।
टिम अफ द टुर्नामेन्ट :
डेभिड वार्नर
जोस बट्लर
बाबर आजम
चारिथ असलंका
एडिन मार्क्रम
मोइन अली
वाविन्दु हसरंगा
एडम जाम्पा
जोश हाजलउड
ट्रेन्ट बोल्ट
एन्रिच नोर्किया
शहिन अफ्रिदी (१२ औं खेलाडी)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij