Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय महिला लिग छनोटको उपाधि धनगढीले जित्यो उपमेयर कप

राष्ट्रिय महिला लिग छनोटको उपाधि धनगढीले जित्यो उपमेयर कप


  • 7.0K
    Shares

    राष्ट्रिय महिला लिग छनोटको उपाधि धनगढीले जित्यो उपमेयर कप
    ललितपुर ।  उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढीले उपाधि जितेको हो ।

    खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा धनगढी सफल भयो । 

    सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा ललितपुरले पराजय बेहोर्‍यो । खेलको १२ औँ मिनेटमा मनिषा शेनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् ।

    १६ औँ मिनेटमा निर्मला विकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । २४ औँ मिनेटमा धनगढीकी सीमा रावलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् ।

    ३९ औँ मिनेटमा रजनी थोकरले गोल गर्दा ललितपुर ३–१ ले अघि बढ्यो । ४९ औँ र ६४ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३–३ बराबरीमा ल्याइन् । 

    उपाधिसँगै धनगढीले ५ लाख तथा उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेका छन् ।छनोटमा सहभागी ३१ टोलीमध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । 

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १६:५६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij