Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

र्‍याङकिङ टेनिस प्रतियोगिता आउँदो सोमबारदेखि

र्‍याङकिङ टेनिस प्रतियोगिता आउँदो सोमबारदेखि


  • 7.1K
    Shares

    र्‍याङकिङ टेनिस प्रतियोगिता आउँदो सोमबारदेखि

    काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा काठमाडौं÷एसियन १४ एन्ड अन्डर र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट– १ सोमबारदेखि सुरु हुँदैछ ।   

     प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

    नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज÷गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट १ गल्र्स खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

    सर्किट– १ नोभेम्बर १९ तारिखसम्म चल्ने छ । त्यसपछि सर्किट– २ का खेलहरु नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १६:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij