Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय महिला लिग छनोट फुटबल आज सेमिफाइनलका दुई खेल हुँदै

राष्ट्रिय महिला लिग छनोट फुटबल आज सेमिफाइनलका दुई खेल हुँदै


  • 4.7K
    Shares

    राष्ट्रिय महिला लिग छनोट फुटबल आज सेमिफाइनलका दुई खेल हुँदै

    काठमाडौँ । मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका दुई खेल हुँदैछन् ।

    दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

    अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जित निकालेको थियो ।

    दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।

    विजेताले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३१ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख पाउँनेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछन् ।

    यस्तै फाइनल खेल्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।

    football.png

     

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १३:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij