Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने


  • 7.2K
    Shares

    • images
    पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने
    images

    काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ ।

    कात्तिक २७ गते शनिवारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी संचालन हुन लागेको हो । 

    नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । 

    नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यही सेवा अन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् ।

    सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । 

    निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 
     

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १३:५१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij