Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट टिम घोषणा

वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट टिम घोषणा


  • 6.7K
    Shares

    वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट टिम घोषणा
    images

    कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि आफ्नो टिम घोषणा गरेको छ। बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो। दुई दिने क्याम्प गरेर खेलाडी छनोट गरेको थियो।

    वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टोली घोषणा गरिएको अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। टोलीको उपकप्तान किरण पौडेललाई जिम्मेवारी दिइएको छ।

    यसैगरी, अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिब्रिन श्रेष्ठ, सोहेल कुँवर, सुवास शर्मा सापकोटा (विकेट किपर), आयुष सैंजु, देव साह, सचिवकुमार यादव, प्रविन पौडेल, निर्मल तिमिल्सिना पहिलो रोजाइमा छन्। सञ्चार न्युरे र सुमन बुढा मगर वैकल्पिक खेलाडी हुन्।

    प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा चन्द्रकुमार गुरुङलाई तोकिएको छ। कात्तिक २२ र २३ गते पोखरा रंगशालामा खेलाडी छनोट क्याम्प भएको थियो। यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो। 

    बिहीबार यही टोलीले सिनियर मिक्स टिमसँग प्रतिस्पर्धा गर्नेछ भने त्यसपछि भारतको स्थानीय भ्रमणकारी यु–१९ टोली सँग प्रतिस्पर्धा हुनेछ।

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १३:२०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij