२०८२ माघ ७ गते बुधवार
विश्व फूटबल महासंघ (फिफा)ले यसका लागि अखिल नेपाल फूटबल संघ (एन्फा) लाई अनुमति दिएको छ। फिफाको टेक्निकल प्यानलले एन्फाको प्रस्तावलाई अनुमोदन गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।
“हामीले एक वर्षअघि नेपाली फूटबलको फिलोसपी र करिकुलम तयार गरेर प्रस्ताव पठाएका थियौं, त्यसलाई एन्फाले अनुमोदन गरेको छ,” अध्यक्ष शेर्पाले भने।फिफाले एन्फाको प्रस्तावलाई अनुमोदन गरेको जनाउँदै २३ कात्तिकमा पत्र पठाएको छ। एन्फाले एक वर्ष अघि प्रस्ताव पठाएको थियो।
यसअघि एन्फाले ‘डी’ तहको लाइसेन्स दिँदै आएको थियो। अब नेपालमै प्रशिक्षक उत्पादन हुने भएपछि फूटबल विकासमा टेवा पुग्ने अध्यक्ष शेर्पाको भनाइ छ।
यससँगै ‘ए’ तहको लाइसेन्सका लागि पनि आवेदन गर्ने बाटो खुलेको एन्फाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij