Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा

घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा


  • 8.0K
    Shares

    घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा

    काठमाण्डाै । इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले विश्व कपका खेल गुमाउने भएका छन् ।

    देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने क्रिक इन्फोले जनाएको छ । उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको ब्याटिङका क्रममा उनी घाइते भएपछि २० रनमा रिटायर्ड हर्ट भएका थिए ।

    अस्ति आइतवार गरिएको परीक्षणका क्रममा रोयको पिडुलामा समस्या देखिएकाले खेल गुमाउने पक्का भएको बोर्डले जनाएको छ । उनले आफ्नो अनुपस्थितिमा पनि इङ्ग्ल्यान्डले विश्व कपको ट्रफी उचाल्नेमा ढुक्क रहेको बताएका छन् ।

    इङ्ग्ल्यान्डका बेन स्टोक, साम कुरान, जोफ्रा आर्चर र टायमल मिल्स घाइते भएका कारण विश्व कप क्रिकेट गुमाइसकेका छन् । रोय खेल्न नसक्ने भएपछि इङ्ग्ल्यान्डलाई थप समस्या पर्ने देखिएको छ । इङ्ग्ल्यान्डले सेमिफाइनलमा भोलि बुधवार न्युजिल्यान्डसँग खेल्दैछ । 

     

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - ११:२२:४० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij