Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी २० विश्वकपमा आज दुई खेल हुँदै

टी २० विश्वकपमा आज दुई खेल हुँदै


  • 5.4K
    Shares

    टी २० विश्वकपमा आज दुई खेल हुँदै

    आईसीसी टी २० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ए' का दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धामा उत्रनेछन्। अबुधाबी स्थित जायेद क्रिकेट स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

    अंकतालिकामा ३ खेलबाट ४ अंक जोडेको साउथ अफ्रिका समूह तालिकाको दोस्रो स्थानमा छ भने तीनवटा खेलमा पराजय ब्यहोरेको बंगलादेश अंकतालिकाको पुछारमा छ।

    त्यस्तै आजै हुने दोस्रो खेलमा प्रतियोगितामा सानदार सुरुवात गरेको पाकिस्तानको सामना नामिबियाले गर्नेछ। पौने ८ बजे सुरु हुने खेलमा लगातार तीन खेलमा जित निकालेको पाकिस्तान जितको शृङखलालाई लम्ब्याउन चाहन्छ। अर्कोतर्फ दुई खेलबाट दुई अंक जोडेको नामिबिया सेमिफाइनलको समीकरणलाई कायम राख्न चाहन्छ।

    समूह बी मा ६ अंक जोडेको पाकिस्तान शीर्षस्थानमा छ भने २ अंक जोडेको नामिबिया चौथो स्थानमा छ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १२:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij