२०८२ माघ ७ गते बुधवार
दुब्लो शरिर भएका मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिने हुदा उनीहरुलाई चिन्ता भैरहेको हुन्छ।
नाश्तामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा दुईवटा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिरको खादा पनि मोटो हुन सहयोग गर्छ । बिहानको खानामा एक एककचौरा दाल, भात, तरकारी, सलाद र दहीको सेवनले पातालो या दुब्लो व्यक्तिहरु मोटाउन सकिन्छ ।
मोटाउने अरु पनि उपायहरु यस प्रकारका छन् ।
केरा – प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खानाले मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने मोटाउदै जान्छ ।
तातो दुधमा मह – सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।
खरबुजा – नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।
कार्बोहाइड्रेडयुक्त खाना – भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिएमा पनि मोटाउन सहयोग पुग्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij