Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

के हो गर्भनिरोधक चक्की ? कति पटकसम्म प्रयोग गर्न मिल्छ ?

के हो गर्भनिरोधक चक्की ? कति पटकसम्म प्रयोग गर्न मिल्छ ?


  • 16.4K
    Shares

    के हो गर्भनिरोधक चक्की ? कति पटकसम्म प्रयोग गर्न मिल्छ ?

    किशोर अवस्था लागेसँगै शारीरिक रुपमा आउने परिवर्तनले केहि किशोरकिशोरीले आफूलाई शारीरिक सम्पर्कका लागि परिपक्क भएको महशुस गर्दछन् । तर किशोर अवस्था शारीरिक सम्पर्कका लागि परिपक्क उमेर भने होइन ।

    शारीरिक सम्पर्क गर्ने कुनै पनि ब्यक्ति युवा उमेरमा प्रवेश गरेको हुनुपर्छ । तर आज हामी शारीरिक सम्पर्कका बारेमा भन्दा पनि शारीरिक सम्पर्क भए पश्चात रहन सक्ने गर्भ निरोधका बिषयमा चर्चा गर्नेछौँ ।

    यौन सम्बन्ध हुनासाथ अधिकाशंले आकस्मिक गर्भनिरोधक चक्कीको सेवन गर्ने गर्दछन् । तर के यसरी गर्भनिरोधक चक्कीको सेवन गर्नु उचित हुन्छ त ? वा, कति पटकसम्म सेवन गर्दा यसले हानी गर्दैन ?

    गर्भनिरोधक चक्कीमा हर्मोनको मात्रा सामान्यभन्दा बढी हुन्छ । हर्मोन बढी भएकै कारणले यो गर्भ निरोधका लागि प्रभावकारी मानिन्छ । तर गर्भ निरोधक चक्कीको प्रयोग आकस्मिक वा कहिलेकाही मात्र प्रयोग गर्नु उत्तम हुन्छ ।गर्भनिरोधक चक्की कति पटक प्रयोग गर्नेभन्दा पनि सकेसम्म कममात्रामा प्रयोग गर्नु स्वास्थ्यका लागि सही हुनेछ ।

    किनकी बारम्बार वा नियमित गर्भ निरोध चक्कीको सेवन गर्दा यसले शरीरमा हर्मोनको सन्तुलनलाई असर गर्नसक्छ । जसका कारण महिलामा महिनावारी गडबढीको समस्या हुनसक्छ । साथै बिस्तारै गर्भनिरोधक चक्कीको प्रभावकारितामा समेत कमी आउने संभावना रहन्छ ।

    प्रकाशित मिति :मंसिर १ २०७७ सोमवार - १३:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij