Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

दशैँपछिको पहिलो दिनै बढ्यो नेप्से, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार

दशैँपछिको पहिलो दिनै बढ्यो नेप्से, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार


  • 4.8K
    Shares

    दशैँपछिको पहिलो दिनै बढ्यो नेप्से, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार
    images

    काठमाण्डौ । दशैँपछि खुलेको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६ सय ५६ दशमलव ९६ विन्दुमा पुगेको छ ।

    आज बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंकको साढे ६५ अङ्कले, व्यापारको ४२, होटलको एक सय पाँच, जलविद्युतको १६, फाइनान्सको १४ र माइक्रोफाइनान्स समूहको शेयर १७ अङ्कले बढेको छ ।

    यस्तै जीवन बीमा समूहको शेयर एक सय १२ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ११, उत्पादनको ३९ र अन्य समूहको शेयर ३४ अङ्कले बढेको छ । आज दुई सय १८ कम्पनीका ४७ लाख ६० हजार कित्ता शेयर एक अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

    आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको शेयर सात प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कालिका माइक्रो क्रेडिट, बोटलर्स नेपाल र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैका दरले घटेको छ । 

    प्रकाशित मिति :आश्विन ३१ २०७८ आइतवार - १५:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij