Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

बुद्धभूमि नेपालको आइपीओ भयो बाँडफाँट, कति कित्ता पर्यो यसरी सजिलै हेर्नुहोस् नतिजा

बुद्धभूमि नेपालको आइपीओ भयो बाँडफाँट, कति कित्ता पर्यो यसरी सजिलै हेर्नुहोस् नतिजा


  • 5.3K
    Shares

    बुद्धभूमि नेपालको आइपीओ भयो बाँडफाँट, कति कित्ता पर्यो यसरी सजिलै हेर्नुहोस् नतिजा
    images

    बुद्धभूमि नेपाल हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएके छ । विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आज कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो ।

     क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ११९ लाख ४० हजार ५२२ जनाको हात खाली भएको छ ।

     कम्पनीले असोज ११ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो । जसमा २० लाख ३० हजार ९५५ जनाले आवेदन दिएका थिए । सोमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

     कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेको छ ।

     कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

     कहाँबाट हेर्ने रिजल्ट ?

     कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

     यसैगरी, विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र बुद्धभूमि नेपाल हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन २२ २०७८ शुक्रवार - १२:२८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij