Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

दशैं बिदामा पनि खुला रहने यी हुन् मेगा बैंकका शाखा कार्यालयहरु

दशैं बिदामा पनि खुला रहने यी हुन् मेगा बैंकका शाखा कार्यालयहरु


  • 7.2K
    Shares

    दशैं बिदामा पनि खुला रहने यी हुन् मेगा बैंकका शाखा कार्यालयहरु
    images

    काठमाडौं । मेगा बैंकले दशैं बिदामा पनि विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै दशैं बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

    बैंकले असोज २१ गते, २३ गते र २६ गतेका दिन प्रदेश १ को बिर्तामोड, धरान, भोजपुर, ओखलढुंगा, विराटनगर–देवकोट चोक, इटहरी, दमक, विराटनगर–रङगेली रोडका शाखा कार्याखुला रहने जनाएको छ ।

    प्रदेश दुईमा भने बीरगंज– आदर्शनगर र बागमीत प्रदेशको कमलादी, जावलाखेल, महाराजगंज–राहिनी शदन, नारायणगढ, बौद्ध, हेटौंडा–पारितजा मार्ग, ठमेल, न्युरोड–रञ्जना गल्ली, नयाँ बानेश्वर, गोंगबु, कलंकी, ज्ञानेश्वर शाखा खुला रहने छ ।

    यस्तै, गण्डकी प्रदेशको पोखरा सभागृह चोक, चिप्लेढुंगा, लुम्बिनी प्रदेशको नेपालगंज, भैरहवा–कासी कम्पेलेक्स, बुटवल–मिलन चोक, कणालीको विरेन्द्रनगर र सुदुरपश्चिमको धनगढी, महेन्द्रनगर शाखा खुला रहने छ । बैंक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहेने बताइएको छ ।

    244645141_4703606033012520_5973419958657048536_n-768x955.jpg

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १२:३९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij