Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

शेयर बजारमा ४१.८४ अंकको बृद्धि, कारोबार रकम भने बढ्न सकेन

शेयर बजारमा ४१.८४ अंकको बृद्धि, कारोबार रकम भने बढ्न सकेन


  • 4.2K
    Shares

    शेयर बजारमा ४१.८४ अंकको बृद्धि, कारोबार रकम भने बढ्न सकेन
    images

    मंगलबार शेयरबजारले फेरि २६ सयको आँकडा पार गरेको छ । पछिल्ला दिनहरूमा निरन्तर ओरालो लागेको शेयरबजार मंगलबार ४१.८४ अंकले बढेर २६१२.६७ अंकमा पुगेको हो । 

    प्रिओपन सेसनमा घटेको बजार पछि भने विस्तारै उकालो लाग्यो । सुस्त कारोबार भएपनि आज अधिकांश समय बजार सकारात्मक नै रह्यो । 

    यसअघि पनि विश्लेषकहरूले बजारले २५०० बिन्दुको सपोर्ट नभत्काउने र २६ सयको बिन्दु तोडेर माथि फर्कने अनुमान गरेका थिए । आजको कारोबारले सो विश्लेषणलाई बल पुर्‍याएको छ । तर आगामी दिनको कारोबारले नेप्सेको आगामी दिन कस्तो हुन्छ भन्ने थाहा हुने छ ।

    मंगलबार क वर्गका कम्पनीहरूको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले बढेर ४९२.०२ बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका २२३ वटा कम्पनीको २ अर्ब ९९ करोड रुपैयाँ बराबरको ५८ लाख ४२ हजार भन्दा बढि कित्ता शेयर खरिदबिक्री भएको छ ।

    आज बजार बढेसँगै १२ वटा समूहको नै सूचक बढेको छ । सबैभन्दा बढी फाइनान्स समूहको ४.१६ प्रतिशतले बढेको छ । यस्तै व्यापार समूहको सूचक भने १.८४ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका १७२ वटा कम्पनीका लगानिकर्ताले कमाएका छन् भने ११ वटा कम्पनीका लगानिकर्ताले गुमाएका छन् ।जसमध्ये, मल्टी प्रपोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालयन पावर पार्टनरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।

    शेयरबजारमा बाहिरी हस्तक्षेप बढेको भन्दै उद्योग वाणिज्य महासंघ र नेपाल इन्भेष्टर फोरमले धितोपत्र बोर्डले विज्ञप्ति जारी गरेसँगै त्यसको प्रभाव आजको बजारमा देखिन पुगेको विश्लेषण भैरहेको छ । बजार ओरालो लाग्दा समेत यी संस्था नबोलेको भन्दै यसअघि आलोचना भएको थियो । 

    आज बजार माथि उक्लेपनि कारोबार रकम भने तीन अर्बभन्दा तल झरेको छ। दिनभरीको कारोबारपश्चात कुल २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - १६:०७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij