Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

आजदेखि साहस ऊर्जाको आइपीओ खुल्यो, साढे १० लाख कित्तासम्म भर्न पाइने

आजदेखि साहस ऊर्जाको आइपीओ खुल्यो, साढे १० लाख कित्तासम्म भर्न पाइने


  • 4.2K
    Shares

    आजदेखि साहस ऊर्जाको आइपीओ खुल्यो, साढे १० लाख कित्तासम्म भर्न पाइने
    images

    साहस ऊर्जा लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा ७० करोड रूपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ।

    निष्कासन गरिने प्रारम्भिक सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

    बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० गतेदेखि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ । कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रूपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् ।

    साथै अनलाइनमार्फत् ‘मेरोशेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १३:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij