Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

नेप्से तेहेरो अंकले घट्दा नेगेटिभ सर्किट लागेका यी हुन् यी २४ कम्पनी

नेप्से तेहेरो अंकले घट्दा नेगेटिभ सर्किट लागेका यी हुन् यी २४ कम्पनी


  • 6.0K
    Shares

    नेप्से तेहेरो अंकले घट्दा नेगेटिभ सर्किट लागेका यी हुन् यी २४ कम्पनी
    images

    सेयर बजारमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तेहेरो अंकले घटेको हो ।

    बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ११४ अंकले घटेर बन्द भएको हो । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो । यस्तै, यही भदौ २० गते पनि नेप्से १०८ अंकले घटेको थियो ।

     सूचकमा उच्च गिरावट आउँदा लगानीकर्ता आत्तिएर सेयर बेच्दा कारोबार रकममा बढोत्तरी आएको छ । आज करिब साढे ८ अर्बको सेयर किनबेच भएको छ ।

     आज सेयर बजार मापक सूचक नेप्से ११४.०२ अंकले घटेर २६.९८.२४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बढीको १ करोड ७३ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन् ।

     आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८.५६ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ६.८, विकास बैंक ६.३४ प्रतिशतले घटेको छ ।

     आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको साढे २२ करोड र नबिल बैंक १८ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

     तेहेरो अंकले घटेको बजारमा आज २ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

     गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, हिमालयन ऊर्जा, घलेम्दी र युनाइटेड मोदीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

     यसैगरी, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर, श्री इन्भेष्टमेन्ट, रिलायन्स, नेपाल, बेस्ट, सेन्टर फाइनान्स, आँखुखोला, ग्रीन लाइफ, पाँचथर पावर, खानीखोला हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १५:२३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij