Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

११४ अङ्कले घट्यो नेप्से, २२५ मध्ये नौ वटा कम्पनी मात्रै हरियो

११४ अङ्कले घट्यो नेप्से, २२५ मध्ये नौ वटा कम्पनी मात्रै हरियो


  • 6.4K
    Shares

    ११४ अङ्कले घट्यो नेप्से, २२५ मध्ये नौ वटा कम्पनी मात्रै हरियो

    काठमाण्डौ । शेयर बजार आज सोमवार एक सय १४ अङ्कले घटेको छ । बिहान बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से बेला–बेला उतारचढाव हुँदै एक सय १४ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६ सय ९८ विन्दुमा झरेको हो ।

    आज कारोबार भएका सबै समूहको शेयर घटेर राताम्मे भएको छ । आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा नौ वटा कम्पनीबाहेक सबै अर्थात् दुई सय १६ वटा कम्पनीको शेयर ओरालो लागेको छ ।

    आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार राताम्मे हुँदा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    नेप्से घटे पनि कारोबार रकम भने बिस्तारै बढ्न थालेको छ । आज एक करोड ७३ लाख कित्ता शेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ४० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १५:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij