Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

११४ अङ्कले घट्यो नेप्से, २२५ मध्ये नौ वटा कम्पनी मात्रै हरियो

११४ अङ्कले घट्यो नेप्से, २२५ मध्ये नौ वटा कम्पनी मात्रै हरियो


  • 6.4K
    Shares

    ११४ अङ्कले घट्यो नेप्से, २२५ मध्ये नौ वटा कम्पनी मात्रै हरियो
    images

    काठमाण्डौ । शेयर बजार आज सोमवार एक सय १४ अङ्कले घटेको छ । बिहान बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से बेला–बेला उतारचढाव हुँदै एक सय १४ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६ सय ९८ विन्दुमा झरेको हो ।

    आज कारोबार भएका सबै समूहको शेयर घटेर राताम्मे भएको छ । आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा नौ वटा कम्पनीबाहेक सबै अर्थात् दुई सय १६ वटा कम्पनीको शेयर ओरालो लागेको छ ।

    आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार राताम्मे हुँदा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    नेप्से घटे पनि कारोबार रकम भने बिस्तारै बढ्न थालेको छ । आज एक करोड ७३ लाख कित्ता शेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ४० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १५:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij