Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

के हो यौन जीवन ? ‘सेक्स एडिक्सन’ भन्नाले के बुजिन्छ? यसबाट कसरी पाउने छुटकारा ?

के हो यौन जीवन ? ‘सेक्स एडिक्सन’ भन्नाले के बुजिन्छ? यसबाट कसरी पाउने छुटकारा ?


  • 9.3K
    Shares

    • images
    के हो यौन जीवन ? ‘सेक्स एडिक्सन’ भन्नाले के बुजिन्छ?  यसबाट कसरी पाउने छुटकारा ?
    images

    कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्‍तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् ।

    एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ ।

    मनोवैज्ञानिकहरू यस विकृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या ‘सेक्स एडिक्सन’ मान्ने गरिन्छ ।

    यौनको लतले कसरी जीवनलाई प्रभावित गराउन सक्छ वा यसको लक्षण र बच्ने उपाय के हो ?

    यौन लतको लक्षण
    बारम्बार यौन भिडियो हेर्ने इच्छा हुनु
    यौन लतको मुख्य लक्षण भनेको नै बारम्बार यौनजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैं यौनको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौनकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

    जो कसैको साथ यौन सम्पर्क राख्ने इच्छा हुनु
    यौन लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौनजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

    एक्लोपना
    यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

    हस्‍तमैथुन
    हुन त यो प्राकृतिक प्रक्रिया हो । तर यदि कुनै व्यक्तिलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौन लत लागिसकेको छ ।

    डिप्रेसन, चिन्ता र मदिराको लत
    यदि तपाईं यौन सम्बन्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

    यौनको लतबाट बचने तरिका
    यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी(एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौनको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १४:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij