Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पुरुषको वीर्यमा पनि कोरोना, यौन सम्पर्कबाट सर्न सक्ने सम्भावना : अध्ययन

पुरुषको वीर्यमा पनि कोरोना, यौन सम्पर्कबाट सर्न सक्ने सम्भावना : अध्ययन


  • 6.9K
    Shares

    • images
    पुरुषको वीर्यमा पनि कोरोना, यौन सम्पर्कबाट सर्न सक्ने सम्भावना : अध्ययन
    images

    चिनियाँ अनुसन्धानकर्ताहरूले कोभिड-१९ रोग निको हुँदै गएपनि कतिपय पुरूषको वीर्यमा त्यसको संक्रमण रहिरहने बताएका छन् । यसबाट यो भाइरस यौन सम्पर्क राख्नाले पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना बढेको हो । 

    गत जनवरी र फेब्रुअरीमा चीनमा कोरोना महामारीको जोखिम उच्च बिन्दुमा पुगेकै बेला चीनको सान्चु म्युनिसिपल हस्पिटलमा उपचाररत ३८ जना पुरूष संक्रमितमा परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको चिनियाँ अनुसन्धानर्कताहरूद्वारा गरिएको रिसर्चमा उल्लेख छ।

    कूल ३८ जना पुरूषमध्ये १६% को वीर्यमा कोरोना भाइरस देखिएको उक्त अनुसन्धानमा उल्लेख गरिएको छ। उनीहरूद्वारा गरिएको खोज जामा नेटवर्क भन्ने जर्नलमा प्रकाशित गरिएको थियो । ३८ जनामध्ये करीब एक चौथाइ पुरूषमा कोरोनाको जोखिम उच्च थियो भने ९% मात्र निको हुने क्रममा थिए । 

    ‘कोभिड-१९ का बिरामी पुरूषको वीर्यमा कोरोना भाइरस पाइएको छ। कोरोना संक्रमणबाट निको हुँदै गरेका पुरूषहरूको वीर्यमा पनि भाइरस पाइएको छ‚’ बेइजिङस्थित चाइजिन पिपुल्स लिबरेसन आर्मी जेनेरल हस्पिटलका डियाङ्गेङ् ली र उनका समकर्मीले भने‚ ‘पुरूष प्रजनन प्रणालीमा भाइरस बढ्न नसक्ने भएपनि यो दीर्घकालीन रूपमा त्यहीँ रहन पनि सक्ने र ‘प्रिभिलेज्ड इम्युनिटी’ द्वारा पनि निको पार्न नसक्ने किसिमको हुन्छ।’‍ जुन क्षेत्रमा भाइरसलाई नष्ट गर्नका लागि शरीरको विशेषप्रकारको प्रतिरक्षात्मक शक्ति पनि पुग्न सक्दैन त्यसलाई प्रिभिलेज्ड इम्युनिटी भनिन्छ।

    यसरी पुरूषको प्रजनन अङ्गमा भाइरस रहनु कुनै आश्चर्यको विषय भने होइन । विभिन्न भाइरसहरू यसैगरी पुरूषको प्रजनन अङ्गमा रहने किसिमका पनि हुन्छन् । यसभन्दा अघि पनि इबोला र जाइका भाइरस पनि पुरूषको वीर्यमा रहेको पाइएको थियो । यी संक्रमण भएको बेलामा संक्रमित पुरूष निको भएको एक दुई महिनापछि पनि प्रजनन अङ्गमा भाइरस पाइएको थियो ।

    कोरोना भाइरस यसरी पनि फैलन सक्छ कि सक्दैन भन्ने विषयमा भने प्रष्ट भइसकेको छैन। प्रजनन अङ्गमा भेटिएका सम्पूर्ण भाइरसहरू यौनजन्य क्रियाबाट सर्छन् नै भन्ने पनि हुँदैन। 

    ‘यदि कोरोना भाइरस शारीरिक सम्पर्कबाट पनि सरेको पुष्टि भएमा यो संक्रमणलाई नियन्त्रण गर्न अझ कठीन हुने निश्चित छ‚’ अनुसन्धाताले भने‚ ‘यसबाट संक्रमित बिरामीहरू कि शारीरिक सम्पर्कबाट टाढा रहनु कि त अस्थायी साधनको प्रयोग गर्नु नै यसको विकल्प हुनसक्छ। संक्षेपमा भन्नुपर्दा यसमाथि अझ धेरै अनुसन्धानको आवश्यकता छ । निको भइसकेका पुरूषबाट पनि वीर्यमा भएको कोरोना संक्रमण अरूमा सर्न सक्ने पनि हुनसक्छ ।

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १५:२३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij