Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजबाट शुरु हुँदै सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल, उद्घाटन खेल बराबरीमा रोकियो

आजबाट शुरु हुँदै सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल, उद्घाटन खेल बराबरीमा रोकियो


  • 7.1K
    Shares

    आजबाट शुरु हुँदै सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल, उद्घाटन खेल बराबरीमा रोकियो

    काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको हो ।

    खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको २९औं मिनेटमा जर्सी नम्बर १७ का मनीष लिम्बुले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लबले एक गोलको अग्रता लिएको थियो । त्यस्तै खेलको ६३औं मिनेटमा स्पोर्टिङ क्लबको तर्फबाट रोशन मगरले गोल गर्दै खेललाई १–१को स्थितीमा ल्याएका थिए ।

    खेलको ७५औं मिनेटमा जर्सी नम्बर ७ का फेहराज राईले गोल गर्दै स्पोर्टिङ क्लब २–१मा अवस्थामा पुगेको थियो । साथै खेलको ८९औं मिनेटमा जर्सी नम्बर ९का मीलन परियारले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लब हारबाट जोगीएको हो ।दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ः३० बजे सुरु हुनेछ । छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

     

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १६:४३:०४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij