२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौं । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो ।
आज नेप्से ९६.८८ अंकले घटेर एक हजार ९३५ दशमलब ६३ विन्दुमा थामिएको छ भने ९ अर्ब ४७ करोड ९२ लाख ७ हजार ५४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएको छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij