Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आफैँ जाँच गरी पाठेघर क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिने, यस्ता छन् तरिका!

आफैँ जाँच गरी पाठेघर क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिने, यस्ता छन् तरिका!


  • 10.0K
    Shares

    आफैँ जाँच गरी पाठेघर क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिने, यस्ता छन् तरिका!
    images

    काठमाडौं । महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ ।

    धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच नै नगराउने गरेको चर्चा गर्दै भने,“आफैँ जाँच गरी क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिने भएको छ ।

    धुलिखेल अस्पतालले तीन महिनाअघि (डिसेम्बर)देखि शुरु गरेको ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ हालसम्म १५० महिलाले प्रयोग गरिसकेको जानकारी दिए । धुलिखेल वरपरका महिला यो विधि अपनाउन इच्छुक छन् वा छैनन् भनेर सर्वेक्षण गरेपछि मात्र सो किट वितरण गरेको र प्रयोग गर्न पाएपछि सबै खुसी भएको प्रतिक्रिया डा. शाक्यले दिए ।

    पाठेघरको मुखको क्यान्सर एचपीभी डीएनए टेस्ट, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआईए) तथा प्यापस्मियर टेस्ट गरी तीन तरिकाले परीक्षण गर्न सकिने जानकारी उनले जानकारी दिए । यो सबै डाक्टरले नै गर्नुपर्ने कारण धेरै महिला लाज मान्ने तथा हिच्किचाउने गरेको पाइन्छ । ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गरी महिलाले आफैँ नमुना लिन सक्छन् ।

    त्यही नमुना परीक्षण गरी क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ । यो किटले ३० वर्षभन्दा माथिको उमेर समूहका महिलाको मात्र जाँच गर्न सकिन्छ । डा. शाक्यले यो किटलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मान्यता दिइसकेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रयोग गर्न अनुमति दिइसकेको बताए । 

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १३:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij