Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

श्रीमानलाई कहिल्यै थाहा दिन नहुने यी हुन् श्रीमतीका ५ गोप्य कुरा!

श्रीमानलाई कहिल्यै थाहा दिन नहुने यी हुन् श्रीमतीका ५ गोप्य कुरा!


  • 8.5K
    Shares

    • images
    श्रीमानलाई कहिल्यै थाहा दिन नहुने यी हुन् श्रीमतीका ५ गोप्य कुरा!
    images

    भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ ।

    तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् । त्यस्तै हरेक महिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् ।

    के के हुन् त ती कुरा ?
    १) प्रायः पुरुषले आफ्नो पहिलो प्रेमबारे पत्नीलाई भनिहान्छन् तर महिलाले आफ्नो पहिलो प्रेमबारे पतिलाई भन्दैनन् । अझैपनि पहिलो प्रेमीको कहिलेकाहीं याद आउने वा उ अझैपनि आफ्नो मुटुमा रहेको जस्ता कुरा महिलाले आफ्नो पतिसँग भुलेर पनि गर्दैनन् ।

    २) महिलासँग कैयौं नीजि तथा गोप्य कुराहरु हुन्छन् । अनौठो के भने त्यस्ता गोप्य वा नीजि विषयबारे नजिकको साथीलाई भन्छन् तर पतिलाई कुनै हालतमा भन्दैनन् ।

    ३) कुनैपनि विषयमा पतिपत्नीबीच एउटै मत हुदैन । आफ्नो पतिले भनेको कुरालाई मन नपरेपनि पत्नीले बाहिरीरुपमा स्विकारेका हुन्छन् । आफ्नो कुरालाई मनैमा लुकाएर राख्दछन् । फरक मत राख्दा झगडा हुने सोचेर प्रायः महिलाले यस्तो गर्ने गरेको पाइन्छ ।

    ४) महिलाले आफ्नो पतिलाई नभन्ने अर्को विषय पनि छ । त्यो भनेको रोग हो । आफू के कारणले विरामी भएको वा कुन रोग लागेको छ भनेर पतिलाई भन्दैनन् । रोगबारे भन्दा पतिलाई तनाव हुने सोचेर यसलाई लुकाएर राख्ने गर्दछन् ।

    ५) घरेलु प्रयोजनका लागि सरसामान किन्दा बचेको पैसालाई महिलाले निकै जतन गरेर राख्दछन् । यस्तो पैसालाई गोप्य तथा सुरक्षितसाथ राख्दछन् । तर पतिलाई यसबारे कहिल्यै पनि थाहा हुदैन । आवश्यक परेको बेला भने पतिलाई त्यही पैसाले सहयोग गर्दछन् ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - ११:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij