Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्वास्थ्यका कर्मचारीको तलब बढेपछि कसको कति पुग्यो ? यस्तो छ बढेको तलब स्केल

स्वास्थ्यका कर्मचारीको तलब बढेपछि कसको कति पुग्यो ? यस्तो छ बढेको तलब स्केल


  • 7.0K
    Shares

    • images
    स्वास्थ्यका कर्मचारीको तलब बढेपछि कसको कति पुग्यो ? यस्तो छ बढेको तलब स्केल
    images

     केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमार्फत बढाइएको कर्मचारीको नयाँ तलबमान लागु भएको छ । २५ साउनमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको क्याबिनेट बैठकले बजेटमा बढाइएको तलबलाई १ साउनबाट कार्यन्वयनमा लैजाने निर्णय गरेको हो । 

    २७ असारमा अर्थ मन्त्रालयले क्याबिनेटको उक्त निर्णयअनुसार बढेको तलब लागु गर्न सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यलयहरुलाई पत्राचार गरिसकेको छ । यसअघिको १५ जेठमा बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि गरेका बताएका थिए ।

     यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुले पाउने नयाँ तलबमान निर्धारण भएको छ । स्वास्थ्यअन्तर्गत झण्डै ३५ हजार बढी कर्मचारी कार्यरत छन् । सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा स्वास्थ्य सेवाका कर्मचारीहरुको दरबन्दी रहेको छ । जसमा सहायक प्रथमको तलब सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँ र १० ग्रेडसहित जम्मा तलब २८ हजार ६ सय ४० रुपैयाँ हुने भएको छ । यस्तै, १२ औं तहका अधिकृतको नयाँ तलबको सुरु तलब स्केल ६२ हजार ६ सय ८० रुपैयाँ र ग्रेडसहित ६६ हजार ८ सय ६० रुपैयाँ हुनेछ ।

    talab (1).jpg

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १४:१४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij