Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एमसीसीद्वारा श्रीलङ्कासँगको प्रस्तावित सम्झौता रद्द

एमसीसीद्वारा श्रीलङ्कासँगको प्रस्तावित सम्झौता रद्द


  • 6.8K
    Shares

    • images
    एमसीसीद्वारा श्रीलङ्कासँगको प्रस्तावित सम्झौता रद्द
    images

    काठमाण्डौ । वाशिङ्टनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । 

    ‘श्रीलङ्का प्रशासनले सहकार्य गर्न चासो नदेखाएपछि १५ डिसेम्बरमा बोर्डको बैठकले उससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो’, कोलम्बोमा रहेको अमेरिकी दूतावासले भनेको छ । यसअघि श्रीङ्काले आर्थिक विकासमा जोड दिन, गरिबी घटाउन र अर्थतन्त्र बढाउन अनुदान लिने निर्णय गरेको थियो । 

    देशको स्वामित्व, पारदर्शिता र अनुदान परिणामहरूको लागि उत्तरदायित्व एमसीसीको विकास मोडेलको आधारभूत हुन्छ । 

    अमेरिकी सहयोग नियोगको एमसीसीले विश्वका ३० देशलाई झण्डै १३ दशमलव ५ बिलियन डलर बराबरको अनुदान दिएको अमेरिकी दूतावासले जनाएको छ ।   

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १४:१६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij