Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन


  • 6.6K
    Shares

    एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जसमा मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी कोषको संस्थापक समूहको सेयर रहेको छ । 

    बैंकले साउन १९ गतेदेखि मेरो माइक्रोफाइनान्सको ८९ हजार ४ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १० हजार एक सय ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । 

    मेरो माइक्रोफाइनान्सको मूल्य ५९५ रुपैयाँ आरएमडीसी लघुवित्तको ५०६ रुपैयाँ र नागरिक लगानी कोषको १४३६ रुपैयाँ रहेको छ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १३:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij