Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन


  • 6.6K
    Shares

    एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जसमा मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी कोषको संस्थापक समूहको सेयर रहेको छ । 

    बैंकले साउन १९ गतेदेखि मेरो माइक्रोफाइनान्सको ८९ हजार ४ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १० हजार एक सय ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । 

    मेरो माइक्रोफाइनान्सको मूल्य ५९५ रुपैयाँ आरएमडीसी लघुवित्तको ५०६ रुपैयाँ र नागरिक लगानी कोषको १४३६ रुपैयाँ रहेको छ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १३:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij