Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने शुक्रवार अन्तिम दिन

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने शुक्रवार अन्तिम दिन


  • 7.2K
    Shares

    तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने शुक्रवार अन्तिम दिन

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ । 

    बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर साउन १९ गतेदेखि लिलामीमार्फत विक्रीमा ल्याएको हो । 

    नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू १ हजार २२१, आरएमडिसी लघुवित्तको रू ४७३ र मेरो माइक्रोफाइनान्सको रू ५३४ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । 

    यी तीनओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको आवेदन दिन सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तीन ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १४:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij