Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने शुक्रवार अन्तिम दिन

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने शुक्रवार अन्तिम दिन


  • 7.2K
    Shares

    तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने शुक्रवार अन्तिम दिन
    images

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ । 

    बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर साउन १९ गतेदेखि लिलामीमार्फत विक्रीमा ल्याएको हो । 

    नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू १ हजार २२१, आरएमडिसी लघुवित्तको रू ४७३ र मेरो माइक्रोफाइनान्सको रू ५३४ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । 

    यी तीनओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको आवेदन दिन सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तीन ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १४:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij