Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विदेश जान तिर्नुपर्ने सेवा शुल्क परिमार्जन गर्न प्रधानमन्त्री सकारात्मक : पूर्व अध्यक्ष गुरुङ

विदेश जान तिर्नुपर्ने सेवा शुल्क परिमार्जन गर्न प्रधानमन्त्री सकारात्मक : पूर्व अध्यक्ष गुरुङ


  • 9.1K
    Shares

    विदेश जान तिर्नुपर्ने सेवा शुल्क परिमार्जन गर्न प्रधानमन्त्री सकारात्मक : पूर्व अध्यक्ष गुरुङ

    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले अव्यवहारिक ठहरिएको दश हजारको सेवा शुल्क परिवर्तन गरी अन्तर्राष्ट्रिय प्रचलन अनुसार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली राजी भएको दावी गरेका छन् ।

    मंगलबार वैदेशिक रोजगार क्षेत्रका विषयमा ध्यानाकर्षण गराउन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको टोलीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका गुरुङले आफु संघको अध्यक्ष रहँदा २०७६ सालमा प्रधानमन्त्री ओलीसँग यस विषयमा ४० मिनेट छलफल गर्ने अवसर मिलेको भन्दै मंगलबारको छलफलमा यो विषयलाई टुंगोमा पुर्‍याउन हालको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सकारात्मक भूमिका खेल्नुपर्ने बताए । 

    श्रम बजारमा नेपालका प्रतिष्पर्धी अन्य मुलुकहरुले गरेको अभ्यास जस्तै कामदारले प्राप्त गर्ने एक महिनाको तलव बराबरको सेवा शुल्क लिन पाउँनपर्ने विषयमा प्रधानमन्त्री ओलीले सैद्धान्तिक सहमति जनाएको तर उक्त निर्णय नेपाली काँग्रेसको तत्कालीन सरकारका पालामा भएका कारण नेपाली काँग्रेस सहमत नभएसम्म वर्तमान सरकार एक्लैले चाहेर केही गर्न नसक्ने भनाइ राखेको भन्दै हालको प्रमुख समस्या सेवा शुल्क परिवर्तनमा संघको वर्तमान नेतृत्वसहित सबैको यसमा चासो हुनुपर्ने देखिएको बताए ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १४:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij