Logo

२०८२ फाल्गुण १८ गते सोमवार

२०८२ फाल्गुण १८ गते सोमवार

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित


  • 386
    Shares

    खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

    काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ ।

    मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताए । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

    इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ ।

    इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेको हो । जसले गर्दा त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको छ ।

    मन्त्री भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको बताए ।

    सम्बन्धित देशमा जान विमानस्थलमा बसेका मानिसलाई फर्केर आफ्नो घर जान अनुरोध गरिएको छ । बढ्दो तनावबीच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको हो ।

    त्यस्तै श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको मन्त्री भण्डारीले बताए । सरकारले तनाव बढ्दै गएको खण्डमा नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।

    ‘परिस्थिति के कसरी विकसित हुन्छ, त्यो विकसित हुने घटनाक्रमको आधारमा भोलि–पर्सि गएर उद्धार गर्नुपर्‍यो भने त्यसका लागि पनि योजना बनाउने काम गरिराखेका छौंं,’ मन्त्री भण्डारीले भने ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १५:१२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij