Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

एक वर्षको कैद सजाय पाएका १८ नेपालीलाई आममाफी दिन म्यानमार तयार

एक वर्षको कैद सजाय पाएका १८ नेपालीलाई आममाफी दिन म्यानमार तयार


  • 967
    Shares

    एक वर्षको कैद सजाय पाएका १८ नेपालीलाई आममाफी दिन म्यानमार तयार

    काठमाडौं । म्यानमारले १८ नेपाली कैदीलाई आममाफी दिन सकारात्मक रहेको सन्देश नेपाललाई दिएको छ । 

    “म्यानमार सरकारले त्यहाँको एक अदालतले एक वर्षको कैद सजाय सुनाएका १८ जनालाई सजाय माफी मिनाहा दिने कुरामा सकारात्मक रहेको सन्देश पठाएको छ,” परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्यासेफिक महाशाखा प्रमुख प्रकाश अधिकारीले बुधबार (फागुन १३) आयोजित पत्रकार सम्मेलनमा भने, “म्यानमारले यसलाई औपचारिकता दिन लिखित पत्र पठाउन अनुरोध गरेको छ ।”  महाशाखा प्रमुख अधिकारीका अनुसार, अहिले परराष्ट्र पत्र पठाउने प्रक्रियामा छ । 

    दलाल तथा एजेन्टको प्रलोभनमा म्यानमार पुगेका १८ नेपालीलाई गत माघको तेस्रो साता म्यानमारको एक अदालतले एक वर्षको श्रमसहितको कैद सजाय सुनाएको थियो ।  

    त्यसपछि म्यानमारस्थित नेपाली राजदूत हरिषचन्द्र घिमिरेले १८ नेपालीलाई दिइएको सजाय माफीका लागि पहल गरेका थिए । सोही क्रममा म्यानमार सरकारका प्रतिनिधिले नेपाल र म्यानमारबीचको सम्बन्ध सुमधुर रहेको स्मरण गर्दै नेपालीलाई सजाय माफी दिन सकारात्मक रहेको जनाएका थिए । 

    images
    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १६:२५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij